नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४७ पुग्यो

काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५०२ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७९ हजार २ सय ४२ पुगेको छ।