देशभर ५०२ कोरोना संक्रमित थपिए, २८७८ जना डिस्चार्ज



Download our app to get more features

काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै अहिले सम्म जम्मा संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ।

मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ७८ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २ सय ४२ रहेको मन्त्रालयले जनाएको छ। २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १७ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १ हजार २ सय ७४ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts