गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

पोखरा, १ मंसिर । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगर १५ का ७० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । मंसिर १ गते साझ ५ ः२० बजे ती पुरुषको मृत्यु भएको हो ।

कार्तिक ३० गते कोरोना संक्रमण पुष्टि भए पछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts