उपचारमा खटिएका थप दुई डाक्टरको कोरोना सङ्क्रमणबाट निधन

काठमाडौं, १ मंसिर । बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएका दुई जना डाक्टरको निधन भएको छ।
बिरामीको उपचारकै क्रममा उनीहरुको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले दुख प्रकट गरेको छ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमित भएका डा. झाको सोमबार बिहान र डा. थापाको आइतबार राति ज्यान गएको भन्दै मन्त्रालयले उहाँहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको बताएको छ ।