पछिल्लो २४ घण्टामा देशभर ९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ३० पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९सय ३४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ।
आज देशभर ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित छन्। आज देशभर ९ जना संक्रमितको मृत्यु भएको छ।