देशभर ११९७ जना कोरोना संक्रमित थपिए, २९३४ जना डिस्चार्ज

काठमाडौँ, १ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार १ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार १ सय ९७ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३ सय ७९ रहेको छ ।
यस्तै, पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजर ३ सय ३४ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ ।
त्यसैगरी क्वारेनटिनमा १ हजार १३ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ सय ३० पुगेको छ ।