सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

धनगढी, १ मंसिर । सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
शनिबार राति दुहु गाउँपालिका–२ का ३० वर्षीय युवकको उपचारका लागि धनगढी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत उनीमा श्वास प्रश्वासको समस्या देखिएको थियो । त्यसपछि दार्चुलाबाट धनगढी रेफर गरिएका उनको बैतडीको सतबाँजमा मृत्यु भएको हो ।
शरिरमा अक्सिजनको मात्रा कम रहेकाले उनको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी बैतडी प्रयोगशालामा पठाइएको थियो । आजको उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल अस्प्तालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले जानकारी दिए ।
यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।