कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ डा. सुनिल झाको निधन



Download our app to get more features

काठमाडौं, १ मंसिर । कोरोना संक्रमणका कारण आइओएमका प्राध्यापक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुनिल चन्द्र झाको निधन भएको छ।

कोरोना संक्रमण भएर महाराजगन्ज टिचिङ अस्पतालमा भर्ना भएका उनको सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ।

मनमोहन कार्डियोथोरासिस एण्ड ट्रन्सप्लान्ट सेन्टरमा कार्यरत डा. झालाई सबै खालका उपचार गर्दा पनि सुधार हुन नसकेको चिकित्सकहरुले बताएका थिए।

मधुमेह र पार्किन्सन्स रोगका बिरामी डा. झालाई सुरुमा नर्भिक अस्पताल लगिएकोमा असोज अन्तिम साता त्रिवि शिक्षण अस्पताल लगिएको थियो।रेमडिसिभिर, प्लाज्माथेरापीले पनि सुधार नआएको चिकित्सकहरुको भनाई छ।

डा.झाको फोक्सोमा निमोनियाका दाग देखिइरहेको थियो । 

Last modified on 2020-11-16 15:25:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts