काठमाडौँ उपत्यकामा ८०७ जना कोरोना संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं, ३० कात्तिक ।  काठमाडौँ उपत्यकामा आइतबार थप ८ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ५५ प्रतिशत हो ।

मन्त्रालयका अनुसार आज काठमाडौँमा ६ सय ३२ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।अहिले काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ७८ हजार २ सय ७७, भक्तपुरमा ७ हजार ८६ र ललितपुरमा ११ हजार २ सय ९५ जना संक्रमित पुगेका छन्। उपत्यकामा कुल संक्रमितको संख्या ९६ हजार ६ सय ५८ पुगेको छ। 

हाल काठमाडौंमा ११ हजार ३ सय २८ जना, भक्तपुरमा १ हजार २८ जना र ललितपुरमा १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित छन्। हालसम्म काठमाडौंमा २ सय ९९ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा ८४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts