पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, ३० कात्तिक । पछिल्ले २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १३ जना संक्रमितको मृत्यु भएको थियो। 

गत २४ घण्टामा १ हजार ४ सय ७७ भेटिएसँगै संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। कुल संक्रमितमध्ये ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts