देशभर १४७७ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ३० कात्तिक । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७७ जना कोरोना संक्रमित थपिएकाछन् । योसँगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७३ हजार ४ सय ३० जना निको भएका छन्।

आज देशभर ३५ हजार १ सय २५ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ७६ जनाको पिसिआर परीक्षण भएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts