सुनसरी र धनकुटाका २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३० कात्तिक । सुनसरी र धनकुटाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनकुटाको भेडेटारका वर्षीय पुरुष र सुनसरी बराह क्षेत्र नगरपालिकाकी ४४ वर्षीय महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
७२ वर्षीय पुरुष स्वास्थ्यमा समस्या भएपछि शनिबार अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
४४ वर्षीय महिला भने आइतबार अस्पताल भर्ना भएकी थिइन् । मिर्गौलामा समस्या भएकी उनको बिहान सवा ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।