देशभर ७७२० कोरोना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, २९ कात्तिक । शनिबार देशभर ७ हजार ७२० कोरोना संक्रमित होम आइसोलसनमा रहेका छन् । 
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३६ हजार ४ सय ५२ सक्रिय संक्रमितमध्ये ७ हजार ७ सय २० संक्रमित होम आइसोलेसनमा रहेका छन्।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५ सय १८ होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा १ सय ४, प्रदेश २ मा ४३,गण्डकी प्रदेशमा  १ हजार ३ सय ९१, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ४९, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ७२, जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts