काठमाडौं उपत्यकामा ८३५ कोरोना संक्रमित थपिए

काठमाण्डौं, २९ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ४२, ललितपुरमा १ सय ५ र भक्तपुरमा ८८ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९५ हजार ८ सय ५१ पुगेको छ। हालसम्म ७५ हजार ७ सय ७३ संक्रमित निको भएका छन्।
काठमाडौंमा ७७ हजार ६ सय ४५ , ललितपुरमा ११ हजार १ सय ६२ र भक्तपुरमा ७ हजार ४४ संक्रमित भएका मध्ये काठमाडौंका ६१ हजार ३ सय ७९, ललितपुरका ८ हजार ७ सय ३२ र भक्तपुरका ५ हजार ६ सय ६२ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंमा १५ हजार ९ सय ६७, ललितपुरमा २ हजार ३ सय ४६ र भक्तपुरमा १ हजार ३ सय ६ जना सक्रिय संक्रमित रहेका छन्।
आज उपत्यकामा ६ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ र ललितपुरमा ३ संक्रमितको मृत्यु भएको छ।
उपत्यकामा अहिलेसम्म ४ सय ५९ जना संक्रमितको मृत्यु भएको छ। जसमा काठमडौंमा २ सय ९९, ललितपुरमा ८४ र भक्तपुरका ७६ जना संक्रमित रहेका छन्।