पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २९ कात्तिक । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ।
आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्।