गण्डकी प्रदेशमा २४ वर्षीय पुरुषसहित थप ५ कोरोना संक्रमितको मृत्यु

पोखरा, २९ कात्तिक । गण्डकी प्रदेशमा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने संक्रमित मध्य ४ जना कस्कीका १ जना स्याङ्जाका रहेकाछन् ।
स्याङ्जाका वालिङ नगरपालिका १४ का संक्रमित २४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।
त्यस्तै, पोखरा महानगर १४ का ६३ वर्षीय पुरुष, पोखरा महानगरापलिका १५ का ५० वर्षीय महिला, पोखरा महानगरपालिका २६ का ७२ वर्षीय महिला र पोखरा महानगरपालिका १८ का ४८ वर्षीय पुरुष छन् ।
योसँगै गण्डकी प्र्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुुनेको संख्या १ सय २३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
।
Last modified on 2020-11-14 15:27:48