केडीसी जनरल अस्पतालमा पीसीआर परिक्षण सुरु

काडमाडौं, २९ कात्तिक । बसुन्धरास्थित केडीसी जनरल अस्पतालमा कोरोना परिक्षणको लागि पीसीआर प्रयोगशाला स्थापना गरिएको छ । शनिबारदेखि अस्पतालमा कार्यरत स्टाफको पीसीआर परिक्षण गरेर सुरु गरिएको डा. रन्जित शाहले बताए ।
उनले संक्रमणको महामारीको अवस्थामा अस्पतालभित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने बताए ।
कोभिड अस्पताल भए पनि पीसीआर परिक्षण गर्ने ल्याब नहुदा बिरामीलाई धेरै समस्या भएको भन्दै अब उपचारमा थप सहज हुने डा. शाहको भनाई छ ।
आजबाट संचालनमा आएको ल्याबबाट हरेक दिन सात सय देखि आठ सय जनाको परीक्षण गर्न सकिने उनले बताए ।
स्वाब दिएको ६ घण्टामा नै रिपोर्ट आउने भएकाले बिरामीलाई सहज हुने डा शाहले बताए ।
यस्तै, काठमाडौं उपत्यका बाहिर पोखरामा पनि सेवा दिँदै आएको अस्पतालले अत्याधुनिक उपकरणबाट सेवा सुविधा दिँदै आएको र यो पटक पनि अत्याधुनिक उपकरणबाट पीसीआर परीक्षण गरिने अस्पतालका निर्देशक डा. बुद्धिमान श्रेष्ठले बताए ।