डा. गोविन्द केसीको सबै उपचारखर्च सरकारले ब्यहोर्ने

काठमाडौं, २९ कात्तिक । कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहोर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग् सबै खर्च सरकारले ब्यहोर्ने जानकारी गराएका छन् । उनले डाक्टर केसीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार निस्शुल्क गराउने घोषणा गरे पनि यसअघि नै कोरोना सङ्क्रमित सबैको उपचार निःशुल्क गराउने सरकारले स्पष्ट पारिसकेको छ ।
शुक्रबार कोरोना सक्रमित बनेका डा.केसीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ।
Last modified on 2020-11-14 12:32:18