सुदूरपश्चिममा शव वाहनको चरम अभाव



Download our app to get more features

धनगढी, २८ कात्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका ९ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार साँझ मृत्यु भयो । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत उनको मृत्यु भएपछि आफ्नै धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्ने मृतक परिवारले इच्छा जाहेर गरे । तर शव लैजान शव बाहन नपाउँदा परिवारजन दुखित बने । मुस्किलले बुधबार साँझ मात्रै मृतकको अन्त्येष्टि भयो ।

पछिल्लो समय कोरोना संक्रमणको दर उच्च हुनुको साथै कोरोनाबाट हुने मृत्यु दर पनि उच्च रहेको छ । तर शव बाहनको अभावले समयमै निस्चित स्थानमा शव पु¥याउन समस्या हुँदै आएको हो । मंगलबार कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका आफन्त नारायण प्रसाद अवस्थीले भन्छन् ‘मंगलबारदेखि शव बाहन, एम्बुलेन्सलगायत सबै सवारी साधन खोज्यौ । कसैले आफ्नो सवारी साधन दिनै मानेनन् । सवारी साधन नपाउँदा धेरै पीडा भयो ।’

कोरोना बाहेकका कारणबाट मृत्यु भएकाको शव एक ठाउँबाट अर्को ठाउँमा लैजानमा समस्या नभए पनि कोरोनाका कारण मृत्यु हुनेको शव लैजानमा भने समस्या हुँदै आएको हो । संक्रमणको डर र प्रयाप्त शव बाहन नहुँदा समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी बताउँछन् । व्यवस्थापनको लागि सामाजिक विकास मन्त्रालयलाई अनुरोध पत्र लेखेको उनको भनाइ छ ।

उनले भने, ‘कोरोना संक्रमितको मृत्यु दर बढी छ । सीमित शव वाहन छन् । एकै दिन ३र४ स्थानमा शव वाहन आवश्यक भए आउने दिनमा समस्या हुने देखिन्छ । त्यसैले व्यवस्थापनको लागि प्रदेश सरकारलाई अनुरोध गरेका छौ ।’

उनका अनुसार सुदूरपश्चिमको राजधानी समेत रहेको कैलाली जिल्लामा ४ वटा शव वाहन मध्ये हाल २ वटा मात्रै सञ्चालनमा रहेका छन् । धनगढी नेत्रालयको १ वटा र नेपाल रेडक्रस सोसाइटीको २ वटा मध्ये १ वटा मात्रै शव बाहन सञ्चालनमा छन् । सेती प्रादेशिक अस्पतालको रहेको १ वटा शव वाहन भने बिग्रिएको छ ।  

सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीले २ वटा मध्ये १ वटा बिग्रेको बताउँदै शव वाहन व्यवस्थापनको तयारीमा रहेको बताए ।

कञ्चनपुर जिल्लामा पनि शव वाहनको अभाव छ । महाकाली अस्पतालको एउटा मात्रै सञ्चालनमा रहेको अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए । सुदूरपश्चिमको ८८ स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहमा शव वाहन नहुँदा समस्या सिर्जना भएको छ ।

‘शव व्यवस्थापन हाम्रो जिम्मेवारी होइन’
यता सुदूरपश्चिम प्रदेश सरकार शव वाहन व्यवस्थापनमा उदासिनता देखाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले शव व्यवस्थापनको व्यवस्थापन सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको जिम्मेवारी रहेको भन्दै पन्छिए । 

उता सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले शव व्यवस्थापनको जिम्मेवारी जुन अस्पताल अथवा संस्थाले शव वाहन सञ्चालन गर्छ उसैको रहेको भन्दै पन्छिए ।

 उनले भने, ‘महाकाली र सेती प्रादेशिक अस्पताललाई १र१ वटा शव वाहन दिइएको थियो । बिग्रेको थियो भने मर्मत गर्नुप¥र्यो । जसले शव वाहन चलाउँछ, उसैलाई सोध्नुप¥र्यो । प्रत्यक्ष रुपमा हाम्रो यसमा सम्बन्ध हुन्दैन ।’

यसैबीच सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय धनगढीको पछिल्लो कार्तिक ९१७–२६० १० दिनको तथ्याक हेर्ने हो भने, दैनिक कुल नमूना परीक्षणको १२ देखि ३१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको देखिएको छ । दैनिक संक्रमणको दर बढ्दो छ । त्यस्तै सुदूरपश्चिममा मात्रै कोरोना ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । मृत्यु दर पनि बढोत्तरी छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts