देशभर ३७२२ जना कोरोना संक्रमित होम आईसोलेसनमा 



Download our app to get more features

काठमाडौं, २८ कात्तिक । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

शुक्रबार ३७ हजार २२ जना सक्रिय संक्रमितमध्ये २९ हजार ४९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ४३ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा ४ हजार ३२, प्रदेश २ मा ८९७, लुम्बिनी प्रदेशमा २ हजार २ सय ३७, सुदूरपश्चिम प्रदेशमा १ हजार ३९, गण्डकी प्रदेशमा २ हजार ८ सय १६ र कर्णाली प्रदेशमा २ सय ८५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts