काठमाडौं उपत्यकामा १२०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २८ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २सय ७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय १९ ललितपुरमा १ सय ८० र भक्तपुरमा १ सय ८ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यका कुल संक्रमितको संख्या ९५ हजार १६ पुगेको छ। हालसम्म ७४ हजार ४ सय १६ संक्रमित निको भएका छन्।
काठमाडौंमा ७७ हजार ३ , ललितपुरमा ११ हजार ५७ र भक्तपुरमा ६ हजार ९ सय ५६ संक्रमित भएका मध्ये काठमाडौंका ६० हजार २ सय ६६, ललितपुरका ८ हजार ५ सय३७ र भक्तपुरका ५ हजार ६ सय१३ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उपत्यकामा काठमाडौंमा १६ हजार ४ सय ४१, ललितपुरमा २ हजार ४ सय ३१ र भक्तपुरमा १ हजार २ सय ६७ सक्रिय संक्रमित रहेका छन्।
आज उपत्यका ६ जनाको मृत्यु भएको छ। आज पछिल्लो २४ घण्टामा काठमाडौंम ३, ललितपुरमा २ र भक्तपुरमा १ संक्रमितको मृत्यु भएको छ।
उपत्यकामा अहिलेसम्म ४ सय ५३ जना संक्रमितको मृत्यु भएको छ। जसमा काठमडौंमा २ सय ९६, ललितपुरमा ८१ र भक्तपुरका ७६ जना संक्रमित रहेका छन्।