कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ सय नाघ्यो

काठमाडौं, २८ कात्तिक । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ।
गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १५ जनाको मृत्यु भएको थियो।
गत २४ घण्टामा २ हजार १ सय ११ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार २२ जना सक्रिय संक्रमित छन्।
नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ९३ हजार ८ सय ५० पुगेको छ। हाल ९ सय ८६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
Last modified on 2020-11-13 16:42:18