देशभरका सरकारी अस्पतालमा ३५०० सुबिधा सम्पन्न शैया थपिने

काठमाडौं, २८ कात्तिक । देशभरका सरकारी अस्पतालमा तीन हजार ५ सय सुबिधा सम्पन्न शैया थप्न लागिएको छ । बिहीबार विराटनगरमा कोशी अस्पताल र प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री ढकालले सरकारले सुविधा सम्पन्न तीन हजार ५ सय शय्या थप्न लागेको जानकारी दिनएकाहुन ।
मन्त्री ढकालले थपिने तीन हजार ५ सय सुबिधा सम्पन्न शय्या मध्ये दुुई हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताए । उनले यसरी थपिएका शैयाले अस्पतालहरूको सेवा थप प्रभावकारी हुने बताए । कोभिड रोकथाम र नियन्त्रणको कामसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै कामहरू भैरहेको भन्दै उनले सबै स्थानीय तहमा सरकारले अस्पताल निर्माणको काम थालेको बताए ।
अहिलेसम्म एउटा पनि अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा आफूले न्यूनतम पाँच शैयाको अस्थायी अस्पताल निर्माणका लागि ती स्थानीय तहमा बजेट पठाइसकेको जानकारी दिए । मन्त्री ढकालले कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिए ।