‘कन्ट्याक्ट ट्रेसिङ’मा परेकाको कोरोना परीक्षण एन्टीजेनबाट हुने



Download our app to get more features

काठमाडौँ, २८ कात्तिक । कोरोना संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ परेका व्यक्तिहरुको जाँच अब एन्टीजेनमा आधारित प्रविधिबाट गरिने भएको छ। कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने योजनामा लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो परीक्षण विधिमा  एन्टीजेन समेत थप गर्न लागेको हो ।

‘ पीसीआर ७५ प्रतिशत प्रभावकारी हो भने यसको प्रभावकारीता ८० प्रतिशत बढी हो । अर्को कुरा मान्छेले श्वाव दिएर रिपोर्ट नआउँदासम्म छुट्टै बस्न भनिए पनि नबस्ने लाइृ यो विधि बढी प्रभावकारी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने ।

उनले तिहार लगत्तै एक लाख थान एन्टीजेन किट आउने र त्यसपछि परीक्षण शुरु गर्ने योजना रहेको बताए । एक लाख थान किट युनिसेफको सहयोगमा आउन लागेको हो ।

यसअघि असोजको दोस्रो सातामै सरकारले कोभिड १९ को परीक्षण सम्वन्धी मापदण्डमा संसोधन गरी एन्टीजेनमा आधारित परीक्षण विधिलाई पनि मान्यता दिई सञ्चालनमा ल्याउने बताएको थियो । ।

‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड १९’ मा चौथो संसोधन गर्दैै यो नयाँ विधिबाट समेत कोरोना परीक्षण गर्न लागेको जनाएको थियो । संसोधित मापदण्ड अनुसार एन्टीजेनको किट तथा रिएजेन्टहरु एफडीए र ईयुएले मान्यता दिएको वा स्वास्थ्य सेवा विभागबाट स्विकृति प्राप्त हुनुपर्नेछ ।

यस विधिमा पोजेटिभ आएकोहरुलाई पोजेटिभ र नेगेटिभ आएकोहरुको हकमा नेटेटिभ नै मान्ने, यदि लक्षण भएर पनि रिपोर्ट नेटेटिभ आएमा पीसीआर गर्ने र त्यसमा पनि नेगेटिभ आएमा लक्षण अनुसार अरु उपचारका लागि सिफारिस गर्ने बताइएको छ ।

Last modified on 2020-11-13 12:50:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts