सरकारले अबदेखि ४८ जिल्लाका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्दार गर्ने

काठमाडौं, २८ कात्तिक । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्दारसम्बन्धी कार्यविधि २०७५ संशोधन गरेको छ ।
संशोधित कार्यविधि अनुसार अब दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई उद्दार गर्दै आइएका जिल्ला र स्थानीय तह हेरफेर भएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ संशोधन गर्दै १९ पुर्ण र २९ जिल्लाका आंशिक स्थानीय तह गरेर ४८ जिल्लाबाट उद्दार गरिने मन्त्रालयका राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखा प्रमुख अन्जु ढुंगानाले बताइन् ।
यअसघि ३० वटा पुर्ण र ४ वटा आंशिक गरी ३४ जिल्लाका स्थानीय तहबाट हवाई उद्दार गरिदै आएको थियो ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई उद्वार गरेर अस्पतालसम्म मात्र पु¥याउदै आएको भएपनि अब भने घर फर्किनका लागि पनि आर्थिक सहयोग पनि गरिने भएको छ ।
कार्यविधि संशोधन गर्दै यसअघि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई उद्दार गरेर हेलिकोप्टरमार्फत् अस्पतालसम्म मात्र पु¥याउने गरिए पनि अब भने घर फर्किनका लागि एकमुष्ट २० हजार रुपैयाँ पनि उपलब्ध गराउने छ ।