काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं, २७ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ६४ ललितपुरमा १ सय २६ र भक्तपुरमा ८३ जनालाई  कोरोना संक्रमण भएको छ । योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९३ हजार ८०९ पुगेको छ। हालसम्म ७२ हजार ५ सय १७ संक्रमित निको भएका छन्।

काठमाडौंमा ७६ हजार ८४, ललितपुरमा १० हजार ८ सय ७७ र भक्तपुरमा ६ हजार ८ सय ४८ संक्रमित भएका मध्ये काठमाडौंका ५८ हजार ७ सय ४६, ललितपुरका ८हजार ४ सय ८१   र भक्तपुरका ५ हजार ४ सय ८१ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उपत्यकामा काठमाडौंमा १७ हजार ४५, ललितपुरमा २ हजार ५ सय १२ र भक्तपुरमा १ हजार २ सय ९२ सक्रिय संक्रमित रहेका छन्।

उपत्यकामा अहिलेसम्म ४ सय ४७ जना संक्रमितको मृत्यु भएको छ। जसमा काठमाडौंमा २ सय ९३, ललितपुरमा ७९ र भक्तपुरका ७५ जना संक्रमित रहेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts