क्युबीडी फर्मास्युटीकल्सले नेपालमै ल्यायो रगत पातलो पार्ने औषधि

काठमाडौं, २७ कात्तिक । क्युबिडी फर्मास्युटिकल्सले मुटुलगायत जटिल रोग र अवस्थाका बिरामीका लागि रगत पातलो पार्न अत्यवश्यक औषधि (रिवारोक्सब्यान) रिवारोक्स–१० ब्राण्ड बजारमा ल्याएको छ ।
संसारमा सबैभन्दा बढी प्रयोग हुने औषधिमध्येको रिवारोक्स नेपालमै पहिलोपटक क्युबिडीले ल्याएको हो । यो औषधि भारतीय बजारमासमेत छुट्टै ब्राण्डमा उपलब्ध छैन् ।
रिवारोक्सब्यानले रगतलाई पातलो पारेर रगतका नसाबाट सहजै प्रवाह हुन र जोखिमयुक्त रगत थेग्ला जम्ने जोखिम घटाउन सहघाउछ । नेपालमा उत्पादन सुरुवातसँग आर्थिक रुपमा समेत नेपाली बिरामीका लागि निकै सुलभ हुने विश्वास गरिएको छ ।
औषधि मुटुका धड्कन अस्वाभाविक भएका, तत्काल जोर्नी र कम्मर प्रत्यारोपण गरेका, क्रोरोनरी र पेरिफेरल मुटुका रोग भएका, अस्थिर इन्जिना भएकाजस्ता रगत जम्नसक्ने संभावना भएका बिरामीको उपचारमा अत्यान्तै प्रभावकारी हुने क्युबिडीका अपरेसन डाइरेक्टर (प्राविधिक) सुमितचन्द्र श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार स्ट्रोक, ह्दयघातको जोखिम, खुट्टामा रगत जम्ने समस्या, पल्मोनरी इम्बोलिजम (फोक्सो रगत जम्ने रोग)का उपचारमा समेत यो औषधि प्रभावकारी छ ।
गत माघदेखि मात्रै उत्पादन सुरु गरेको क्युबिडीले छोटो समयमै २३ वटा प्रोडक्ट बजारमा ल्याइसकेको छ । कम्पनीले बढी प्रयोग हुने र दुलर्भ खालका औषधि उत्पादनमा जोड दिने जनाएको छ ।