नेपाल स्त्री तथा प्रसुती रोग विशेषज्ञ समाजको १७ औं निर्वाचन सम्पन्न

अध्यक्षमा डा. दंगाल निर्वाचित, यस्तो छ नजिता



Download our app to get more features

काठमाडौं, २७ कात्तिक । नेपाल स्त्री तथा प्रसुती रोग विशेषज्ञ समाजको १७ औं कार्यसमितिको अध्यक्षमा प्रा.डा. गणेश दंगाल चयन भएका छन् । 

बिहीवार सार्वजनिक भएको नतिजा अनुसार समाजको विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहेका व्यक्ति स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही प्रावधान अनुसार यसअघि नै वरिष्ठ उपाध्यक्षमा चयन भएका डा. दंगाल समाजको अध्यक्षमा निर्वाचित भएका छन् । 

अनलाईनमार्फत् भएको निर्वाचनबाट समाजको वरिष्ठ उपाध्यक्षमा डा. सरोजा कार्की पाण्डे विजयी भएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी डा. गेहनाथ बराललाई १ सय २३ मतले पराजित गरेकी हुन् । डा. बरालले १ सय ५१ मत प्राप्त गरे भने डा. पाण्डेले २ सय ७४ मत प्राप्त गरिन् । 

यस्तै, समाजको उपाध्यक्षमा डा. पदमराज पन्त विजयी भएका छन् । उनले २ सय ७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा. चन्दा श्रीवास्तवले १ सय ६० मत प्राप्त गरिन् ।

यसैगरि समाजको महासचिवमा डा. यमप्रसाद द्वा र सह महासचिवमा डा. सपना (अमात्य) वैद्य निर्विरोध निर्वाचित भएका छन् । 

सामाजिक, सांस्कृतिक वैज्ञानिक सचिवमा डा. स्मृति मास्के, सामाजिक सांस्कृतिक वैज्ञानिक सह—सचविमा डा. ऋजुता जोशी, कोषाध्यक्षमा डा. सन्देश पौडेल र सह—कोषाध्यक्षमा डा. ज्योत्सना शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् । 

कार्यसमितिका ६ जना सदस्यहरुमा क्रमसः डा. अतित पौडेल, डा. आश्मा श्रेष्ठ, डा. कीर्तिपाल सुवेदी, डा. श्रीप्रसाद अधिकारी, डा. पुजा पौडेल र डा. स्निग्धा राई निर्विरोध चयन भएका छन् । 

निर्वाचन समितिका अनुसार समाजमा ५ सय ६४ मतदाता रहेकोमा ७७ प्रतिशत मतदान भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts