होम आइसोलेशनमा बसेका डडेल्धुराका कोरोना संक्रमित एक पुरुषको मृत्य



Download our app to get more features

डडेल्धुरा, २७ कात्तिक । डडेल्धुरामा होम आइशोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

जिल्लाको परशुराम नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरी भट्टले पुष्टि गरे ।

उनका अनुसार संक्रमितको मृत्यु बुधबार भएतापनि संक्रमित मृतकको दोस्रो रिपोर्ट बिहिवार आएको थियो । मृगौलाका बिरामी रहेका उनी कोरोना पुष्टिपछि घरमै होम आइशोलेसन बसेका थिए । 

मृतकको शव बुधवार नै आफन्तले व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

Last modified on 2020-11-12 17:47:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts