२४ घन्टामा देशभर थपिए १९ सय १३ जना नयाँ संक्रमित, २३ सय ४९ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २७ कात्तिक । नेपालमा थप १९ सय १३ जनामा कोरोना संक्रमणका पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार २२ पिसिआर परीक्षण गर्दा थप १९ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार ७ सय ५९ महिला र ११ सय ५४ जना पुरुष गरि थप १९ सय १३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । 

यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ३ सय ४९ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ६४ हजार ५ सय ९२ पुगेको छ । यो दर कुल संक्रमितको ८० दशमलव ६ प्रतिशत हो ।

हाल नेपालभर ३८ हजार ४ सय ६१ सक्रिय संक्रमित रहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts