थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ८७ जना भेन्टिलेटरमा उपचाररत

काठमाडौं, २७ कात्तिक । नेपालमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो ।
यस्तै हाल नेपालभर ३ सय ७३ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् भने ८७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।