रुपन्देहीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

रुपन्देही, २७ कात्तिक । रुपन्देहीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पाल्पाको रेसुंगाबाट रेफर गरिएका ६८ वर्षीय पुरुषमा १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि बुटबलस्थित धागो कारखानाको कोभिड अस्थायी अस्पतालमा २० गते उनी भर्ना भएका थिए भने मधुमेहका रोगी पनि थिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts