रुपन्देहीमा थप एकजनाको मृत्युसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुग्यो 



Download our app to get more features

बुटवल, २७ कात्तिक । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका–७ का ४७ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा बिहीबार बिहान मृत्यु भएको हो ।

कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएपछि २१ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।
 उनी एचआईभी संक्रमित रहेका थिए । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०० पुगेको छ 

Last modified on 2020-11-12 11:14:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts