जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था गम्भीर



Download our app to get more features

काठमाडौं, २६ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर बनेको छ । निमोनियाबाट पीडित केसीलाई मंगलबार कोरोना संक्रमण भएको छ । 

मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको छ ।

सहयोगदाताहरूले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन जनमोर्चाले अनुरोध गरेको छ । 

Last modified on 2020-11-11 21:34:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts