सुदूरपश्चिम सामाजिक विकास मन्त्रीको सचिवालयका ६ जना होम आइसोलेसनमा

धनगढी, २६ कात्तिक । कोरोना भाइरस संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको सचिवालयका ६ जना होम आइसोलेसनमा बसेका छन् ।
मन्त्री सुवेदीका स्वकीय सचिव, पीएसओ, ड्राइभर, स्वास्थ्यकर्मीसहित ६ जनामा संक्रमणदेखिएपछि होम आइसोलेसनमा बसेका हुन् । सेती प्रादेशिक अस्पताल प्रयोगशालाको गत आइतबारको रिपोर्ट अनुसार संक्रमण देखिएपछि उनीहरु होमआइसोलेसनमा बसेको मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुलाई कुनै लक्षण भने देखिएको छैन । मन्त्रालयको काम निरन्तर सूचारु रहेको बताइएको छ ।