जानकी मेडिकल कलेजमा अनसनरत कर्मचारीको आन्दोलनमा डा.केसीको ऐक्यवद्धता

काठमाडौं, २६ कात्तिक । प्राध्यापक डाक्टर गोविन्द केसीले जनकपुरको जानकी मेडिकल कलेजमा अनसनरत दुई जना कर्मचारीको अनसनप्रति सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।
बुधवार विज्ञप्ति जारी गर्दै डा. केसीले जानकी मेडिकल कलेजमा कार्यरत कुलदीप शाह र जानकी शरण यादव अस्पताल सुधारका माग तथा श्रम शोषण विरुद्धका मागहरु राखी अनसनमा बसेको र कुनै वास्ता नगरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
कार्यरत दुबैजना कर्मचारी विगतमा भएका सहमति पालना नगरिनु र अनसन बसेको ११औँ दिन पुगिसक्दा समेत सम्बन्धीत निकायबाट बेवास्ता गरिनु दुर्भाग्यपूर्ण रहेको डा.केसीको विज्ञप्तिमा उल्लेख छ ।
उनले उनीहरुको माग यथाशीघ्र पूरा गरी उनीहरुको जीवन रक्षा गर्न सम्बन्धीत पक्षलाई आग्रह गर्दै उनीहरुको माग प्रति आफ्नो ऐक्यबद्धता रहेको बताएका छन् ।