नेपालमा थप २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ९५ जना भेन्टिलेटरमा उपचाररत

काठमाडौं, २६ कात्तिक । नेपालमा थप २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार ९५ जना भेन्टिलेटरमा र ३ सय ८२ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ७१ जना आईसीयू र ६० जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६१ जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४६ जना आईसीयू र १६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै सुदूरपश्चिममा १५ आईसीयूमा, गण्डकी प्रदेशमा ६९ आईसीयू र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आईसीयू उपचाररत रहेका छन् ।
यसअघि मंगलबार ५ सय, सोमबार ४ सय ९४, आइतबार ४ सय ८०, शनिबार ४ सय ४१ जना आईसीयू र भेन्टिलेटरमा उपचाररत थिए ।