नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, निको हुनेको संख्या एक लाख ६६ हजारभन्दा बढी



Download our app to get more features

काठमाडौं, २६ कात्तिक । नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ८१ पिसिआर परीक्षण गर्दा थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार एक हजार ७ जना महिला र ११ सय ७४ जना पुरुष गरि थप २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २३ हजार २९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप १६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ६२ हजार २ सय ४३ पुगेको छ । यो दर कुल संक्रमितको ८० प्रतिशत हो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts