रेम्डेसिभिर औषधि सहज भएको आयातकर्ताको दावी, शुक्रबारदेखि साढे ४ हजारभन्दा कम मूल्यमा पाइने

काठमाडौं, २६ कात्तिक । कोरोना संक्रमित जटिल बिरामीमा प्रयोग हुँदै आएको रेम्डेसिभिर औषधि अभाब भएको छैन ।
संस्थागत रुपमा आवश्यक भएको जत्ति उपलब्ध गराउन सक्ने क्ष्मता भएको औषधि आयात संघका महासचिव पवन आचार्यले बताए । यदि कहि कतै कालोबजारि भएको रहेछ भने तत्काल कार्बाहि हुन्छ तर औषधि अभाब भएको छैन्, उनले हाम्रो डाक्टर न्युज सँगको कुराकानीमा भने ।
उनले हल्लाको पछि नलाग्न तथा बिरामीलाई आवश्यक परेमा आफुुलाई सम्पर्क गर्न अनुरोध गरेकाछन् । आउने शरक्रबारदेखि रेम्डेसिभिर थप सस्तो मूल्यमा नेपाल भित्रिने भएको जानकारी आचार्यले गराएका छन् । औषधि आयातकर्ता डीकेएम फर्मास्युटिकल्सले ४ हजार ४ सय ८० रुपैयाँमै बिरामीलाई औषधि उपलव्ध गराउने गरी औषधि व्यवस्था विभागसंग सम्झौँता भएको छ ।
विभागले उक्त आयातकर्ता संस्थालाई १५ हजार भाइल औषधि ल्याउन अनुमति दिएको छ । भारतीय कम्पनी जाइडस क्याडिलाले उत्पादन गरेको रेम्डेसिभिर ल्याउन लागेको औषधि शुक्रबार सम्म नेपाल आइपुग्ने उनले बताए ।