स्वयंसेवीका लागि लायन्सको भूमिका महत्वपूर्णः मन्त्री बराल

रुपन्देही, २६ कात्तिक । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वयंसेवीका लागि लायन्सको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले समाज व्यक्तिवादी हुँदै गएको बेला लायन्सले सामाजिक कार्यहरुलाई तीव्रता दिएर स्वयंसेवी भावना पैदा गरेको बताए ।
लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीद्वारा आयोजित सामाजिक विकासमा लायन्सको योगदान तथा लायन्स प्रशिक्षण कार्यक्रमको उद्दघाटन गर्दै मन्त्री बरालले आँखाको उपचार तथा विभिन्न माध्यमबाट लायन्सले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
उनले समाज परिवर्तनको लागि स्वयंसेवी भावना आवश्यक रहेकोमा जोड दिए ।
‘समाजसेवाको नाममा सेलेब्रेटी बन्ने परिपाटी पनि छ, दुई किलो चामल दिएर सेल्फी खिचाउने कुरा सामाजिक सेवा होइन, सेलेब्रेटी बन्नु समाजसेवा होइन, स्वयंसेवाको लागि प्रचार आवश्यक हुँदैन,’ उनले भने ।
उनले स–साना कामबाट ठूला र निर्णायक सहयोग हुन सक्ने बताए । समाजले सामाजिक सेवामा लाग्ने व्यक्तिको हिसाबकिताब गर्ने मन्त्री बरालको भनाइ थियो । ‘जसले समाजमा योगदान पु¥याउँछ, निश्चय नै समाजले त्यो व्यक्ति÷संस्थाको मुल्यांकन गर्छ, उनले भने ।’ मान्छे चेतनशील प्राणी भएको उनको भनाइ थियो ।
क्लबका सदस्यहरुलाई लायन्सको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले बताए ।
त्यस्तै लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका पाष्ट डिष्ट्रिक गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठले लायन्सले महामारीको बेला थुप्रै कार्यहरु गरेको बताए । उनले समाजलाई आवश्यक परेको बेला लायन्सले सहयोगको हात अगाडी बढाएको बताए ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«टेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले समाजको रुपान्तरणमा लायन्सको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका डिष्ट्रिक जि.एल.टी. कोडिनेटर उमंग देवकोटा र जोन चेयरपर्सन विजय पाण्डेले प्रशिक्षण दिएका थिए ।
क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताको अध्यक्षता, कार्यक्रम सह–संयोजक तथा क्लबका सह–कोषाध्यक्ष कपिल चापागाईको स्वागत, हंगर चेयरपर्सन रुकमणि कारञ्जितको ध्वजा अभिवादन तथा प्रेसिडेन्ट एडभाइजर लक्ष्मी थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।