लुम्बिनीका १२ स्वास्थ्य कार्यालय मध्ये उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्युठान सम्मानित



Download our app to get more features

रुपन्देही, २६ कात्तिक । लुम्बिनी प्रदेशका १२ वटा स्वास्थ्य कार्यालयहरु मध्ये आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट कार्य सम्पादन गरि प्युठान प्रथम भएको छ । 

त्यस्तै उत्कृष्ट कार्य सम्पादनमा गुल्मी दोश्रो रुपन्देही तेश्रो स्थान र स्वास्थ्य कार्यालय नवलपरासी चौथो भएको छ । स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठिमा मुल्याकंन गरिएको हो ।

लुम्बिनी प्रदेश सामाजीक विकास मन्त्री शुदर्शन बरालले स्वास्थ्य प्युठानका स्वास्थ्य प्रमुख विशाल सुवेदीलाई सम्मान पत्रले सम्मान गरे । 

कार्यक्रममा स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरी, समाजीक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमा शकर चौधरी, १२ जिल्लाका जनस्वास्थ्य प्रमुख लगायको सहभागीता रहेको थियो ।

Last modified on 2020-11-11 08:08:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts