रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक संक्रमितको मृत्यु



Download our app to get more features

रुपन्देही, २५ कात्तिक । भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ  । भीम अस्पतालका अनुसार मंगलवार ७० वर्षीय  पुरुषको मृत्यु भएको हो।

सिद्धार्थनगर नगरपालिका १२ निवासी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो।  कात्तिक १३ गते स्वाब परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि सोही दिन नै उनलाई अस्पताल भर्ना गरिएको सूचना अधिकारी डा.नारायण  पोखरेलले जानकारी दिए। 

उनी पहिला देखि दमबाट ग्रसित रहेका थिए । रुपन्देहीमा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts