देशभर २९ हजार ७३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं, २५ कात्तिक । देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
मंगलबार ३८ हजार ३५ जना संक्रिय संक्रमित मध्य २९ हजार ७ सय ३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ८ सय ३८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ४ हजार ८ सय ५०, प्रदेश २ मा ९ सय ५२, लुम्बिनी प्रदेशमा २ हजार १ सय ६०, सुदूरपश्चिम प्रदेशमा ८ सय ६५, गण्डकी प्रदेशमा १ हजार ७ सय ४८ र कर्णाली प्रदेशमा ३ सय २१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।