काठमाडौं उपत्यकामा १४२० कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २० जना कोरोना संक्रमित थपिएका छन्।

एकै दिन भेटिएका २ हजार ७ सय ३६ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय २० जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना संक्रमित भेटिएका हुन्। यो सँगै संक्रमितको संख्या काठमाडौंमा ७४ हजार ३ सय ४४ पुगेको छ। 
जसमध्ये ५७ हजार ३ सय ७८ जना उपचारपछि निको भएका छन्। २ सय ८० जनाको मृत्यु भएको छ। काठमाडौंमा १६ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन्। 

भक्तपुरमा संक्रमितको संख्या ८ हजार ८ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार २ सय २४ जना सक्रिय संक्रमित छन्। हालसम्म भक्तपुरमा ७३ जनाको मृत्यु भएको छ भने ५ हजार ३ सय ८७ जना उपचारपछि निको भएका छन्।  

ललितपुरमा हालसम्म १० हजार ५ सय ४७ संक्रमित भेटिएका छन्। जसमध्ये ७२ जनाको मृत्यु र ८ हजार १ सय २५ जना उपचारपछि निको भएका छन्। हाल ललितपुरमा २ हजार ३ सय ५० जना उपचाररत छन्। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts