थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु

भेन्टिलेटरमा उपचार गराउने बिरामीको संख्या बढ्यो



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । नेपालमा कोरोना संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएका छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

यस्तै हाल नेपालभर ४ सय ४ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने ९६ जना भेन्टिलेटरमा उपचाररत छन् । 

पछिल्लो समय कोरोना संक्रमण दरको अनुपातमा मृत्यु हुने दर बढ्दै गएको छ भने गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढ्दै गएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts