नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नजिक

निको हुनेको संख्या एक लाख ६० हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ६० जनाको पिसिआर परीक्षण गरिएकोमा थप दुई हजार ७ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

योसँगै नेपालामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । 

यस्तै पछिल्लो २४ घन्टामा थप ८ सय ५३ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts