बायो-इथिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न
कोभिडको महामारीको परिप्रेक्ष्यमा मुद्दा चिर्न सहयोग हुने निस्कर्स

काठमाडौं, २५ कात्तिक । बायो–इथिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारले कोभिडको महामारीको परिप्रेक्ष्यमा उब्जेका मुद्दाहरुमा रहेका अन्यौलता चिर्न सहयोग पुग्ने निष्कर्स निकालेको छ ।
कोभिड १९ महामारीको सन्दर्भमा उठेका अहम् नितिगत सवालहरुमा केन्द्रित भएर युनेस्कोको बायो–इथिक्स नेपाल एकाईले अन्तर्राष्ट्रिय सेमिनार (वेभिनार) सम्पन्न भएको हो ।
कार्यक्रमका संयोजक रहेका नेपाल एकाइका प्रमुख प्रा.डा. धनरत्न शाक्यले यस सेमिनारले कोभिडको महामारीको परिप्रेक्ष्यमा उब्जेका मूल मुद्दाहरुमा रहेका अन्यौल चिर्न र अगाडि बढ्नका लागि मार्गनिर्देशन गर्न सघाउने विश्वास व्यक्त गरे ।
बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्का यस्ता अबसर र कार्यक्रमहरुबाट बायोइथिक्सको ज्ञान र जानकारी बिस्तारित हँुदैजाने शुभेच्छा पनि राखे ।
युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ ।
नेपाल एकाईका प्रमुख प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न यस अन्तर्राष्ट्रिय भर्चुअल सेमिनार नेपालको विपिकोस्वाविप्र, धरानको शुरुवाती बर्षमा योगदान पु¥्याएका भारतका प्रा.डा. ओपि काल्राले उद्घाटन गरे ।
नेपाल एकाईका सदस्य सचिव प्रा. समि लामाबाट सञ्चालित उक्त कार्यक्रममामा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले प्रतिष्ठानका तर्फबाट शुभकामना मन्तब्य राखेका थिए भने युनेस्कोको भारतीय बायोइथिक्स कार्यक्रमका प्रमुख प्रा.डा. मेरी मेथ्युले पनि सम्बोधन गरे ।
विश्वभरि नै सञ्जाल रहेको युनेस्कोको बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएको हो । नेपालमा यस एकाईको स्थापना गर्न अहम् भुमिका रहेका निवर्तमान प्रमुख प्रा.डा. धनरत्न शाक्यले युनेस्कोको बायोइथिक्स चेयरका मूल ध्येय अनुरुप यस एकाईले स्थापनाकालेदेखि गर्दै आएका विविध क्रियाकलापहरुबारे बिस्तृत कार्यपत्र प्रस्तुत गरे ।
सेमिनारमा प्रा.डा. रस्सेल डिसुजाले कोभिड महामारीले मनोस्वास्थ्यमा पारेका असरहरु, प्रा.डा. वेदप्रकाश मिश्रले कोभिड महामारीको परिप्रेक्ष्यमा स्वास्थ्य विज्ञानको पाठ्यक्रममा देखिएको परिमार्जनको आवश्यकता र प्रा.डा. प्रिन्सि पालेटीले कोभिड बिरुद्धको भ्याक्सिनको विकास तथा वितरणमा देखिएका नैतिक सवालहरुबारे कार्यपत्र प्रस्तुत गरे । लगभग चारशय बढी सहभागिहरु भएको सो अन्तर्राष्ट्रिय सेमिनारमा बक्ताहरुले सहभागीहरुको प्रश्नको उत्तर पनि दिएका थिए ।