सुसाइड नोट लेखेर बेपत्ता भएका डाक्टर झा काभ्रेमा सकुशल भेटिए



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । भक्तपुर स्थित ‘द डेन्टल सीटी’ का निर्देशक डाक्टर दिगम्बर झा सकुशल फेला परेका छन् ।

सुसाइड नोट लेखेर मंगलवार बिहानै डा. झा बेपत्ता भएका थिए । 

डा. नितेश कुमार रायका अनुसार डा. झालाई काभ्रे प्रहरीले काभ्रेको हाइवेबाट उनकै कारमा झोक्रिएर बसेको अवस्थामा फेला परेको बताए ।

उनले डाक्टर झा पारिवारिक समस्याका कारण तनावमा रहेको र सुसाइड नोट लेखेर घर छोडेर बेपत्ता भएको पनि बताए ।

डा. झा बा १६ च ८६७९ नं वेगन आर, कार सहित बेपत्ता भएकोमा उनलाई फेला परेपछि हाल दोलालघाट प्रहरीमा राखिएको छ ।

Last modified on 2020-11-10 15:01:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts