इन्डोक्राइनोलोजिष्ट डा. ज्योति भट्टराईलाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौ, २५ कात्तिक । मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ (इन्डोक्राइनोलोजिष्ट) डा. ज्योति भट्टराईलाई कोरोना संक्रमण भएको छ ।

मेट्रो अस्पतालमा कार्यरत डा. भट्टराईले केही समयदेखि रुघाखोकीले सताएकाले परीक्षण गराएको र आजै कोरोना पोजेटिभ रिपोर्ट आएको बताएकी छिन्।अहिले ठूलो स्वास्थ्य समस्या नदेखिएको भए पनि ज्वरो आउने, शरीर दुख्ने र कडा रुघाखोकी लागेको जनाएकी छिन्।

उनले आफू अस्पतालमा बिरामीको सेवामा खटिरहेकाले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमणमा परेको बताईन्। आफूलाई संक्रमण पुष्टि भएपछि उनले आफनो सम्पर्कमा आएका अन्यलाई सतर्क रहन र लक्षण देखिएमा परीक्षण गर्न आग्रह समेत गरेकी छिन्।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts