रुपन्देहीको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत सीअनमी गुरुङको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

रुपन्देही, २५ कात्तिक । रुपन्देहीको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्य चौकिमा कार्यरत सीअनमी पदमा कार्यरत गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उपचारकै क्रममा भैरहवा स्थित भिम अस्पतालमा उनको निधन भएको खुदाबगर स्वास्थ्य चौकीका सिअहेब प्रमोद ज्ञवालीले बताए ।
 
रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो पटक हो । 

उनी २० वर्षभन्दा बढी समयदेखि स्वास्थ्य सेवामा सक्रिय रुपले कार्यरत रहेकी थिईन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts